काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन् । उनी निर्वाचित भएको घोषणासँगै अध्यक्षका प्रत्यासीद्वय महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्माले मतगणनामा धाँधली भएको भन्दै परिणामप्रति विमति जनाएका छन् ।
काठमाडौंको सोल्टी होटेलमा भएको ११औं विश्व सम्मेलनमा श्रेष्ठ र शर्माले निर्वाचन परिणामप्रति विमति जनाउँदै कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएका छन् ।
अध्यक्षमा चारजनाको उम्मेदवारी रहे पनि अन्तिममा रविना थापाले श्रेष्ठलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निष्क्रिय बनाएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्