Ads

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का


काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम्प गएको हो । जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ भने सयाैं घरहरु भत्किएका छन् ।

पछिल्ला केही महिना यता बझाङसहित सुदूरपश्चिमका विभिन्न जिल्ला भएर भने पटक पटक भूकम्प गएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू