धरान । आन्दोलनरत चिकित्क र व्यवस्थापन पक्षबीच सहमति भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडीसहित सम्पुर्ण सेवाहरु सुचारु भएको छ ।
प्रतिष्ठानका आन्दोलनरत चिकित्कसहरुसँग सहमति भएपछि सम्पूर्ण सेवाहरु सुचारु भएको हो ।
सहमतिपछि आन्दोलनरत चिकित्सकहरु नियमित काममा फर्केपछि सबै सेवा सुचारू भएको अस्पताल उपनिर्देशक डा। इन्द्र लिम्बुले जानकारी दिए । बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै एक महिनादेखि पठनपाठन, परिक्षा र उपचार सेवा छोडेर १७७ जना चिकित्सकहरु आन्दोलनमा थिए । उनीहरुले स्वास्थ्य मन्त्रालयमा संयुक्त राजीनामासमेत बुझाएका थिए ।
सोमबार राजनीतिक दलहरुको सहजीकरणमा प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुसङ्ग भएको वार्तामा पदाधिकारीहरुको छुट्टाछुट्टै वार्तामा सहमति भएको थियो । तीन बुँदे सहमति भएपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु काममा फर्किएका हुन् । । प्रतिष्ठानका पदाधिकारीसँग बढुवाको प्रक्रिया पुरानै नियमावलीअनुसार अघि बढाउने सहमति भएसँगै एक महिनादेखि सम्पूर्ण सेवा वहिष्कार गरेका चिकित्सक तथा कर्मचारी काममा फर्किएका हुन् ।
प्रतिष्ठानकी प्रवक्ता डा। अञ्जू प्रधानले पुरानै नियमावलीअनुसार बढुवा गर्ने सहमति भएको पुष्टि गरिन् । उनले भनिन्, ‘पुरानै नियमावलीअनुसार बढुवाको प्रक्रिया अघि बढाउने सहमति भएको छ । सहमति पत्रमा लोकसेवाको प्रतिनिधि राख्ने वा अन्य नयाँ नियमावलीअनुसार बढुवा गर्ने सहमति भएको छैन ।’
चिकित्सकहरूको सहमतिमा २०७२ पुस २० गते र २०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापनबमोजिम आवश्यक प्रक्रिया पु¥याई अन्तरवार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तरवार्ता आगामी २०८० पुस २ गतेदेखि सुरु गरी पुस १५ गतेसम्ममा सम्पन्न गर्ने, अन्तरवार्ता सम्पन्न गरी एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ । कर्मचारीको चार बुँदे सहमतिपत्रमा नेपाल सरकार, मन्त्रीस्तरीय निर्णयानुसार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको च।नं। १ का ८४ मिति २०८०÷०७÷१७ गतेको प्राप्त पत्रसहितको कर्मचारीको प्रस्तावित नियमावली, २०७९ को मस्यौदालाई प्रतिष्ठानका कर्मचारी कल्याण समाजलाई ७ दिन समयसीमा दिई सुझाव सङ्कलन गर्ने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस्