Ads

एमसीसीबारेको व्याख्यात्मक घोषणा स्वीकारदैनौं : चित्रबहादुर केसी


काठमाडौं । सत्ता गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा नस्वीकार्ने बताएका छन् । एसीसी संसदबाट पास भएको एम दिन पछि उनले उक्त कुरा बताएका हुन् । उनको दलको सांसद दुर्गा पौडेले संसदमा नै एमसीसीको विरुद्धमा रहेको घोषणा गरेकी छन् ।

केही सञ्चारमाध्यममा आफूले एमसीसीको व्याख्यात्मक घोषणालाई सकारात्मक बताएको भन्ने समाचार सत्य नभएको बताएका छन् ।

‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै छ ।’

उनले आइतबार संसदभित्र समेत राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता र राष्ट्रलाई गुमराहमा पार्न ल्याइएको सम्झौताको व्याख्यात्मक प्रस्तावको कडा विरोध गरेको उल्लेख गर्दै त्यसको विपक्षमा नै मतदान गरेको स्पष्ट गरेका छन् । उनले एमसीसी र व्याख्यात्मक प्रस्तावको आफू र पार्टी दृढरुपमा विरुद्धमा रहेको प्रष्ट गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू