Ads

कांग्रेसमा आन्तरिक विवादका कारण रोकिएका ६ जिल्लाको अधिवेशन जारी


काठमाडौं । सोमबार ६ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन भइरहेको छ । ६ जिल्लामा अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो । क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।

सोमबार यी ६ जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए । निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो ।

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू