काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर आज पनि भूकम्प गएकाे छ । बिहीबार बिहान जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त परकम्प गएको थियो । बुधबार राति ७ बजेर ५० मिनेट जाँदा पनि सोही केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको परकम्प गएको थियो ।
गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पयता सो क्षेत्रमा लगातार परकम्पहरू गइरहेका छन् । गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्