काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णाली प्रदेश सभामा अवरुद्ध गरेको छ। सत्ता पक्षबाट आफूसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै प्रदेश सभा प्रदेश सभा वैठक अवरुद्ध गरेको हो।
नवौं अधिवेशनको दशौं वैठकको सुरूमा बोल्दै दलका प्रमुख सचेतक गुलाबजंग शाहले सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको बारेमा लिखित प्रतिवद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न नदिने बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता यामलाल कँडेलले सत्ता पक्षले प्रतिपक्षीसँग गरेको सम्झौतालाई बेवास्ता गरेकाले सरकारको ध्यानाकर्षण गर्न खोजिएको बताए।
प्रदेश सभाको नवौं अधिवेशन सुरू भएको केही दिनपछि माघ १८ गते अधिवेशनको कार्यसूची निर्माणकै क्रममा एमालेले प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने ५ बुँदे मुद्दा उठाएको थियो। उक्त मुद्दामा सरकारका तर्फबाट पनि सहमति जनाईएको थियो।
आर्थिक वर्ष २०७८र७९ को बजेट विनियोजनका क्रममा परेका टुक्रे योजनाहरुका सम्बन्धमा स्थानीय तहमार्फत सम्पादन हुने बाहेकका १५ लाखभन्दा कम रकम भएका योजना कार्यान्वयन नगर्ने, आगामी दिनमा पनि यिनै मापदण्डका आधारमा योजना तर्जुमा गर्ने सहमति भएको थियो।
प्रतिक्रिया दिनुहोस्