Ads

राष्ट्रिय जनमोर्चाले छाड्यो सत्ता गठबन्धन


काठमाडौं। सत्ता सञ्चालनमा रहेको पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले बाहिरिने घोषणा गरेको छ।

सत्तामा रहेका चार दलले जालझेल र तिकडम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेको भन्दै जनमोर्चाले गठबन्धन छाडेको हो।

जनमोर्चाको आज बसेको सचिवलाय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो। बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गठबन्धन छाडेको बताए।

 

Ads

सम्बन्धित पोष्टहरू