मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )नजिकका साथीभाइ टाढिन सक्छन्, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने समय छ । आम्दानी बढ्ने समय छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला । मौसमी रुघाखोकी, टाउको तथा आँखा सम्बन्धी समस्याले सताउन सक्छ, सावधान रहनु होला । स्वास्थ्य कमजोर रहेपनि काममा परिस्थितिले साथ दिनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन् । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोट पटकको योग छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, भोतिक साधनको क्षति हुने समय छ । पठन पाठनमा त्यत्ति ध्यान दिन नसकिएला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला ।
प्रतिक्रिया दिनुहोस्