काठमाडौं । पूर्वी नवलरासीको हुप्सेकोटबाट शैक्षिक भ्रमणका लागि पूर्व गएको गाडीले सुनसरीको धरान उपमहानगर–१३ स्थित कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्डमा दुई बसलाई ठक्कर दिँदा २२ विद्यार्थी घाइते भएका छन् ।
पूर्वी नवलपरासीबाट शैक्षिक भ्रमणमा धरान गएको बससित म्याग्दी र स्याङ्जाबाट गएका बस एकापसमा ठोक्किँदा २२ विद्यार्थी घाइते भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए ।
हुप्सेकोट गाउँपालिका–४ स्थित जनकल्याण राष्ट्रिय माविबाट शैक्षिक भ्रमणमा गएको उक्त बसको ब्रेक फेल भई शैक्षिक भ्रमणमै म्याग्दीबाट आएको ग२ख १५८३ र स्याङ्जाबाट आएको ग२ख १५१३ नम्बरको बसलाई ठक्कर दिँदा विद्यार्थी घाइते भएका हुन् ।
दुर्घटनामा तीन वटा बसमा सवार विद्यार्थीमध्ये २२ जना घाइते भएको डीएसपी भण्डारीको भनाइ छ । घाइते विद्यार्थीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्