Ads

२०८० कार्तिक २६ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरेपनि सफलता हात नलाग्न सक्छ, साथै बादविवाद हुन सक्छ । कामको बोझले थाकेको महसुस होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)भौतिक सुख सुबिधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र शुभ रहेको छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आरामदायी यात्रामा रमाइलो हुनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ ।परिवारबाट टाढा बस्नुपर्ने छ, साथै साहित्यिक कार्यमा मन जाने छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )पेटको खराबीले सताउला । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । खर्च गर्दा होस पुर्याउनु होला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योेग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवम् राजनैतिक क्षेत्रमा गरेको योगदानले मान सम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ठ रहने छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवम् पढाइ लेखाइ प्रभावित हुने सम्भावना छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहेपनि सोचे जती फाइदा हुने छैन ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । तर, ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू