काठमाडौं । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो ।
कुकुरलाई आज्ञापालक एवं रक्षक जनावरको रुपमा लिइन्छ । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा पनि हिजोआज कुकुरको प्रयोग गरिन्छ ।
कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरि मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचनासमेत कुकुरले दिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई पूजा गरि मनाउँछौं । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।
प्रतिक्रिया दिनुहोस्