Ads

धादिङ केन्द्रबिन्दु भएर भूकम्पले दियो धक्का


काठमाडौं । शनिबार राति पनि नेपालमा भूकम्पले धक्का दिएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका(५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट क्षति नभएको बताइएको छ । खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।पछिल्लो समय नेपाल भूकम्पको जोखिममा रहेको भन्दै विज्ञहरुले सावधानी अपनाउन आग्रह गरेका छन् । कार्तिक १७ गते पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले धनजनको ठस्लो क्षति भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू