Ads

प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले हस्तान्तरण गरे दश लाखको चेक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले दश लाखको चेक हस्तान्तरण गरेका छन् । जाजरकोट भूकम्पबाट पीडितहरूका लागि सरकारी राहत कोषमा जम्मा गर्नका लागि अध्यक्ष डा. भट्टराईले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उक्त चेक हस्तान्तरण गरेका हुन् ।

कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा धनजनको ठूलो क्षति भएको थियो भने नेसपाले उक्त भूकम्पबाट भएको क्षतिमा आफूहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।

उक्त घोषणा बमोजिम डा. भट्टराईले आज बिहान बालुवाटार पुगेर सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न प्रधानमन्त्री प्रचण्डलाई १० लाखको चेक दिएका हुन् । यस क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू