काठमाडौँ, आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन भाइटीका । यस दिन मात्र खुल्ने रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा बिहानै देखि चहल पहल बढेको छ । दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन यस दिन यो मन्दिर खुला गरिन्छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरुले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यस अवसरमा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको छ । वि।सं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्