एजेन्सी\ भारत नियन्त्रित जम्मु र कश्मीरको डोडा जिल्ला नजिकै आज बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स्ले जनाए अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।
५५ जना यात्रु बोकेर हिँडेको बस बटोटे(किश्तवाड राष्ट्रिय राजमार्ग अन्तर्गत डोडा जिल्लाको असरबाट चिप्लिएर झन्डै २ सय मिटर तल खसेको बताइएको छ । घाइते सबैलाई किश्तवाड र डोडाका अस्पतालमा भर्ना गरिएको पनि समाचारहरूमा उल्लेख छ ।
बस धेरै उचाइँबाट खसेको हुनाले नराम्ररी क्षतिग्रस्त भएको छ ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई २ लाख रूपैयाँ र घाइतेलाई ५० हजार रूपैयाँ सहायता गर्ने घोषणा पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्