Ads

यात्रुबाहक बस दुर्घटना, २० जना घाइते


काठमाडाैं । रुपन्देहीको देबदहमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पश्चिमबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ख २१३१ नम्बरको बस गएराति देवदह नगरपालिकाको खैरेनीमा दुर्घटना भएको हो ।

दुर्घटनामा २० यात्रु घाइते भएका छन् । जसमध्ये २ जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।  गाडीमा ३८ यात्रु सवार थिए । घाइतेहरूको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू