Ads

तोलामै २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कार्तिक २७ गतेदेखि बन्द रहेको सुनको कारोबार आज खुल्ला भएको दिन भारी मात्रामा बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेरर छापावाल प्रतितोला १ लाख १५ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि भारी मात्रामै बढेको छ । कारोबारको अन्तिम दिन कार्तिक २७ गते प्रतितोला १ हजार ३६० रुपयाँमा कारोबार भएको चाँदीको मूल्य आज बजार खुलेकै दिन ९० रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू