स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको छोरी १६ महिनाकी कायरा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसार वालिङ नगरपालिका १ खहरेस्थित भित्री कच्ची सडक खण्डमा रामबाच्छाबाट खहरे तर्फ जादैँ गरेको लु १ ह ३६८६ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको थियो ।
अटो दुर्घटनामा घाइते भएकी शिशुको उपचारको क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा मृत्यु भएको हो । अटोमा सावर चालकसहित चार जना रहेकोमा बालिकाको मृत्यु भए पनि अन्यलाई केही नभएको प्रहरीले जनाएको छ । अटो र अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्