Ads

२०८० मंसिर ४ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै, अन्न लाभ पनि हुने छ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )नसोचेको ठाँउबाट धन लाभ हुने देखिन्छ । साथै, बाध्यतामा अलमलिनु पर्दा चिताएको काम रोकिन सक्छ । आज काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धन लाभको संभावना छ । साथै, टाढाको यात्राको पनि योग रहेको छ, दिन रमाइलैसँग वित्नेछ । आज कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )मसलाजन्य खानाबाट एकदमै सावधान रहनु होला, रोग निम्त्याउने देखिन्छ । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । ठूलै फाइदाको आश्वासन पनि पाइनेछ । विशेष योजनाहरू बन्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )पारिवारिक जमघटमा मन रमाउनेछ । तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । प्रशस्त धन आर्जन गर्ने मौका छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हात लागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवम् कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )होसियारी साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषि कर्म र व्यावसायिक काममा मनग्य फाइदा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू