काठमाडाैं । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ । गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा थिए ।
परराष्ट्र मन्त्रालयले विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको जानकारी दिएको छ । सचिवालय स्रोतले भन्यो, ‘उनी सुरक्षित रहेको पुष्टि भएको छ। अब सुरक्षितरुपमा घर फर्काउने प्रयास भइरहेको छ ।’
हमासको उक्त आक्रमणमा दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए । केही दिन अघि मात्रै विपिनको परिवारले उनको खोजी र सकुशल उद्धारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्