काठमाडौं । गृह मन्त्रालय सुधारका लागि कार्ययोजना बनाउन अध्ययन समिति गठन गरिएको छ । पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा समितिको गठन गरिएको हो ।
आज सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालयका काम र जिम्मेवारीलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन उक्त समिति गठन गरिएको जानकारी दिए ।
अध्ययन समितिमा पूर्वसचिवहरू शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डाक्टर खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. बिन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम छन् ।
प्रतिक्रिया दिनुहोस्