Ads

कलाकार प्रकाश ढकाल मृत फेला


काठमाडौँ  । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो ।

त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो ।ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन् । उनी काठमाडौं बस्ने गर्दथे । उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आउने क्रममा सम्पर्क बिहिन भएका थिए ।

त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोचबाट शव सोमबार बाहिर निकालिएको थियो ।‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसकेका छन् । घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू