झापा\ झापाको बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्ग निर्माण शुरु भएको छ । सडक निर्माण कार्यको सभामुख देवराज घिमिरेले शिलान्यास गरेका हुन् ।
बिर्तामोड नगरपालिका ४ देखि वडा नम्बर ३ को आदर्श चोक नडियाबारी हुँदै वडा नम्बर ९ को हल्दिबारी गाउँपालिकाको सम्झना चोकसम्म जोड्ने एक हजार दुई सय मिटर लम्बाइको सडकको सभामुख घिमिरेले शिलान्यास गरेका हुन् ।
सो अवसरमा उनले निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न आग्रह गरे । सडक बोर्डले गत वर्ष विनियोजन गरेको एक करोड र चालु आर्थिक वर्षको एक करोड १० लाख गरी दुई करोड १० लाखको लागतमा सडक निर्माण हुन लागेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले जनाएका छन् ।
पौडेलका अनुसार सडक बोर्डले मुलुकमा विशेष महत्वका सडकलाई लक्षित गरेर बजेट विनियोजन गर्दै आएको छ । पहिलो चरणमा बन्ने चार सय ५० मिटरको सडकको गत कात्तिक २० गते जनकपुरको एसडीएम कन्स्ट्रक्सन कम्पनीसँग ६० लाखमा २०८१ असार मसान्तसम्ममा सकिने गरी ठेक्का सम्झौता भइसकेको उनले जनाए। बाँकी आठ सय मिटर सडक एक करोड १० लाखको रकममा बन्ने गरी टेन्डर प्रक्रियामा गइसकेको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्