काठमाडौँ । नेकपा माओवादी केन्द्रले यहि फागुन २० गते केन्द्रीय समिति बैठक बोलाएको छ । आगामी फागुन २० गतेदेखि २२ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने भएको हो ।
बैठकमा एमसीसी अनुमोदन, पछिल्लो राजनैतिक अवस्था, स्थानीय निर्वाचनलगायका समसायिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताएका छन् ।
पूर्वस्थायी समिति बैठकले एमसीसीका विषयमा निर्णय गरे पनि केन्द्रीय समितिबाट अनुमोदन हुने भएको छ ।
२० गतेदेखि २२ गते सम्म केन्द्रीय समिति बैठक राष्ट्रिय सभा गृहमा बस्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्