काठमाडौँँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो ।
उक्त बैठक बस्नु अघि बुधबार पदाधिकारी बैठक पनि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्