Ads

भुकम्प प्रभावित क्षेत्रमा के गर्दैछन् पार्टीका टोलीहरु ?


जाजरकोट\ जाजरकोटलाई केन्द्रविन्दू बनाएर गएको भुकम्प प्रभावित क्षेत्रमा राजनीतिक दलका टोलीहरु परिचालित भएका छन् । यसैक्रममा नेपाली कांग्रेसले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण थालेको छ । पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा कांग्रेस टोलीले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण थालेको हो ।

एक हजार अस्थायी घर निर्माण गर्ने कांग्रेसको निर्णयबमोजिम जाजरकोटको नलगाड नगरपालिका– ५ मा अस्थायी घरटहरा निर्माण सुरु गरेको छ ।

एमाले : ४० स्थानमा व्यवस्थापन र पुनर्निर्माणमा
नेकपा एमालेले खटाएको टोली समेत पिडीतहरुको व्यवस्थापन तथा पुननिर्माणमा खटिएको छ । एमालेका विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा अहिले जाजरकोट र रुकुममा ११०० सय स्वयंसेवक खटिएका छन् । २५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानमा व्यवस्थापन र पुनर्निर्माणको काम भइरहेको छ । अहिले जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिएका छन् । यो टोली १५ दिन सम्म भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा रहने जनाइएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा खटिएको पार्टीको स्वयंसेवक टोलीलाई धन्यवाद प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुनर्निर्माणमा खटिएको टोलीलाई अध्यक्ष ओलीले धन्यवाद दिएका हुन् । पुनर्निर्माण भइरहेका केही तस्बिर र बालबालिकाहरू किताब खोज्दै गरेका तस्बिर राख्दै ओलीले भूकम्प प्रभावित क्षेत्रको अवस्था बारे पनि जानकारी गराएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू