काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा मुलुकको आयात–निर्यात घटेर व्यापार घाटा पनि घटेको छ । यसैबीच विद्युतीय गाडीको आयात बढेको छ भने पेट्रोलको आयात घटेको छ । यही अवधिमा भारततर्फ बिजुलीको निर्यात बढ्दा व्यापार घाटा पनि घटेको छ ।
भन्सार विभागका अनुसार पहिलो चौमासिक अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस अवधिमा ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँको निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्ममा देशको व्यपार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस्