Ads

बुढीगंगामा सौर्य विद्युत उत्पादन


मोरङ\ मोरङको बुढीगंगामा स्थापना भएको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत आयोजना’ले सात महिनाको अवधिमा ७० लाख युनिट बिजुली नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरेको छ ।

प्रतिमहिना कम्तिमा १० लाख युनिट विद्युत बिक्री गर्ने सम्झौता गरेको आयोजनाले वैशाख १ गतेदेखि नियमितरुपमा सौर्य उर्जा उत्पादन गर्दै आइरहेको छ । बुढीगंगा ४ स्थित नेमुवामा झण्डै १६ बिघा क्षेत्रफलमा स्थापना गरिएको सौर्य विद्युत प्लान्टले दैनिक १२ घण्टा उर्जा उत्पादन गर्दै आएको छ । गर्मीयाममा ११ लाख ५० हजार युनिटसम्म विद्युत उत्पादन गरेर प्राधिकरणलाई बिक्री गरेको प्रोजेक्ट मेनेजर इन्जिनियर जितेन्द्र तिवारीले जानकारी दिए ।

सौर्य विद्युत आयोजनाबाट ६।२ मेघावाट विद्युत उत्पादन भइरहेको छ । नेपाल विद्युत प्राधिकरणसँग प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले विद्युत बिक्री सम्झौता गरेको र सञ्चालन भएको सात महिनाको अवधिमा ५ करोड रुपैयाँ भन्दा बढीको विद्युत बिक्री गर्न सफल भएको आयोजनाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू