काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यकताको आधारमा संविधान संशोधन हुने बताएका छन् । चितवनमा आफ्नो पार्टीको महाधिवेशन उद्घाटन गदै ओलीले संविधान आफूहरुले बनाएकाले आवश्यकताका आधारमा संशोधन हुने बताएका छन् ।
देशमा अब राजनीतिक क्रान्ति पुरा भएर समृद्ध नेपाल सुखि नेपाली बनाउनु प्रमुख आवश्यकता रहेको बताएका छन् । उनले सामाजिक सुरक्षामा काम गर्नु पर्ने । बालबालीकाका अधिकारका बारेमा काम गर्नु पर्ने बताए ।
आफ्नो पालामा पारबहन संन्धि गरेर पुरपरिवेष्ठबाट पुरपरिजडित बनाएको बताए । उनले भने ‘हामीले धेरै सकारात्मक काम गरेका छौ । भूपरिवेष्ठबाट परिपरिजडित देश बनाएका छौ । अन्तरिक्षमा सेटलाईट बनाएका छौ । अन्तरिक्षमा पनि हाम्रो ठाउँ छ । बाटो छ । दाबी छ ।’
समुन्द्रमा पनि हाम्रो हक भएको बताए ।
जलमार्गका बारेमा भारतसंग सहमति भएको ओलीले बताए । मेरो खुट्टा तान्नेहरु प्रधानमन्त्रीका खुट्टा समाति रहेका छन् । आउदो चुनावमा देशको नेतृत्व एमालेले गर्ने बताए । उनले भने ‘आउदो चुनावमा एमालेले जितेर सरकार बनाउछ । यो गठबन्धनको सरकार ढल्ने छ । सरकारमा गएपछि बाँकि रहेका धेरै काम पुरा गर्ने छौ ।
प्रतिक्रिया दिनुहोस्