काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने काम भएको टिप्पणी गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्त्वको विषयमा निर्णय भएकोमा आपत्ति जनाएको छ । यसले यसले संसदीय अभ्यासको उपेक्षा पनि भएको उल्लेख गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताउनु भयो ।
‘दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो । एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए ।सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाए’ एमालेले भनेको छ ।
एमालेले सभामुखले संसद्मा बलमिच्याँइ गरेको आरोप लगाएको छ । ‘सभामुखको बलमिचाई आपत्तिजनक छ । सभामुख दल विशेषको आज्ञा मानिरहनुभएको छ । कुनै दलले निस्कासित गरेका संसद्लाई उहाँले दल विभाजन गर्न सहयोग गर्नुभएको छ । यसले उहाँ पदमा रहन उचित छैन’ एमालेले भनेको छ ।
एमसीसी जे जस्तो अवस्थामा भएपनि अनुमोदन भएकाले अब यसलाई कार्यान्वयन गर्नुपर्ने एमालेले उल्लेख गरेको छ ।
एमालेको धारणाको पूर्ण पाठ
प्रतिक्रिया दिनुहोस्