Ads

बर्दियामा आगलागीमा परेर चार जनाको मृत्यु


बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र त्यससम्बन्धमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू