काठमाडौँँ । नेकपा एकीकृत समाजवादीले आफूहरुकै पहलबाट अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) जस्ताको तस्तै पारित हुनबाट जोकिएको दाबी गरेको छ ।
आज(मंगलबार) पत्रकार सम्मेलन गर्दै एमसीसी सम्झौतामा आफूहरुले ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्नु सकारात्मक पक्ष रहेको बताइएको छ ।
“देशको राष्ट्रियता एवम् विकासप्रतिको जनचाहना र प्रतिबद्धता समेतलाई ध्यान दिई ‘एमसीसी कम्प्याक्ट’लाई विशुद्ध आर्थिक सहयोग परियोजनाको रुपमा लिने ‘ब्याख्यात्मक घोषणा’ सहित संसदबाट अनुमोदन भएसंगै उक्त घोषणा कम्प्याक्टको अंग बनेको छ ।” जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद्मा देखिएको नेकपा एस पार्टीको उपस्थितिले अहंकार बोकेका केपी ओलि आतङ्कित भएको आरोप लगाए ।
एमसीसी सम्झौतालाई ‘ब्याख्यात्मक घोषणा’सहित अनुमोदन गर्नेबारेमा रहेको आफ्नो अडानलाई सफलता मान्नु पर्ने विज्ञप्तीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्