Ads

सामाजिक अपराध न्यूनीकरणमा प्रहरीको सक्रियता


काठमाडौँ । लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो ।

विगत तीन दिनको अवधिमा प्रहरीले १ सय २२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन गर्ने चार ट्र्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा जुवातास खेलाउने गिरोह बढिरहेको जनगुनासो आएपछि सुक्ष्म रणनीति योजना बनाएर अनुसन्धान जारी छ । हालै मात्र सरुवा भएर बागलुङ आएका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले आफूले शान्ति सुरक्षामा कुनै कसुर बाँकी नराख्ने बताएका छन् । -रासस

Ads

सम्बन्धित पोष्टहरू