Ads

क्यानाडाको राजदूतमा सिफारिस भएका पौड्यालको नाम अनुमोदन


काठमाडौं । क्यानडाका लागि नेपाली राजदुतमा प्रश्तावित भरतराज पौड्यालको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । संघीय संसद संसदीय सुनुवाई समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि कार्तिक १५ गते समितिले पौड्यालउपर उजुरी आह्वान गरेको थियो । समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले क्यानडाका लागि प्रश्तावित राजदुत पौडेलको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको बताए ।

उनले प्रश्तावित राजदुत पौड्यालबिरुद्ध दुई वटा उजुरी परेको बताए । उनलेक्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैरआवासीय राजदुत र अन्तर्राष्ट्रिय नागरिक उड्डययन संस्था (आइकाओ) को पनि स्थायी प्रतिनिधिको रूपमा नियुक्ति गर्ने निर्णयको अनुमोदन गरेको बताए ।

संसदीय समितिले अनुमोदन गरेपछि अब राजदुत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । प्रश्तावित राजदुतको नाममा सम्बन्धित मुलुकबाट एग्निमा आएपछि राष्ट्रपतिले राजदुतहरुको नियुक्ति गर्ने कानूनी व्यवस्था छ ।

Ads

सम्बन्धित पोष्टहरू