काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना खुट्टा तान्नेहरुले प्रधानमन्त्री शेरबहादुर देउवाका खुट्टा समातेको बताएका छन् । उनले माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका गठबन्धन दलहरुप्रति व्यङग्य गदै आफ्ना खुट्टा तान्नेहरुले देउवाका खुट्टा समातेको बताए ।
महाधिवेशन उद्घाटन गदै ओलीले भने ‘हिजो मेरा खुट्टा तान्नेहरु अहिले प्रधानमन्त्री शेरबाहादुर देउवाका खुट्टा समातिरहेका छन् । तर अब यो केहि समयपछि ढल्ने छ । हामी सरकार बनाउने गरी बहुमत ल्याउछौ ।’
उनले माओवादी केन्द्रले शान्तिप्रक्रिया नटुङग्याएको बताए । ओलीले भने मन लागेका मानिसलाई १०हजार बाढ्ने अरे भन्दै आलोचना गरे । महाधिवेशन सकेपछि जनयुद्धका घाइतेहरुको सहि समाधान गर्ने बताए । उनले भने ‘महाधिवेशन सकिएपछि घाइतेहरुको समस्या समाधान गर्ने छौ । तर जसका लागि लडेका थिए तीनले फाइदा पाएका छैनन् । छोरी मेयर भए ।
प्रतिक्रिया दिनुहोस्