काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ भने एक सय ५८ नयाँ संक्रमित थपिएका छन् ।
छ हजार पाँच सय चार जनामा आरटीपीसीआर र एन्टीजेन परीक्षण गर्दा एक सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन सय ५४ जना संक्रमणमुक्त भएका छन् भने सोहि अवधिमा एक लाख आठ हजार एक सय ४० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
नेपालमा हाल सात हजार नौ सय ७१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्