Ads

भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगे सीके राउत


काठमाडाैँ । जनमत पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य सीके राउत भूकम्प प्र​भावित क्षेत्र जाजरकोट पुगेका छन् ।

आइतवार  पार्टीका अन्य नेतासँगै राउत जाजरकोट पुगेका हुन् । प्रतिनिधि सभाको विकास पूर्वाधार समितिका सदस्य समेत रहेका राउत पीडितको दैनिकी तथा पुनर्निर्माणको अवस्था बुझ्न जाजरकोट पुगेका हुन् ।

राउतले भूकम्प प्रभावित परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । तराई मधेशकेन्द्रित जनमत पार्टीका सभापति राउतले पहाडी जिल्लामा समेत संगठन विस्तारको योजना बनाएको सो पार्टीका नेताहरू बताउँछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू