काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन बुधबार यूएई जाने भएका छन् ।
बुधबार राति साढे ८ बजे नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा बिहीबारदेखि २६ गतेसम्म याे सम्मेलनकाे आयाेजना हुँदैछ । प्रधानमन्त्री प्रचण्डले सम्मेलनकाे तीनवटा सत्रमा नेतृत्व गर्ने बताइएकाे छ ।
उनी मंसिर १७ गते स्वदेश फर्किने तालिका छ । प्रधानमन्त्रीले जलवायु सम्मेलनमा नेपालकाे अधिकार स्थापित गर्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्