Ads

महाशिवरात्रिमा हेलिकोप्टरबाट पुष्प वृष्टि


काठमाडौँ । अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज(मंगलबार) दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो ।

अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्प वृष्टि गराइएको जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले बताए । पुष्प वृष्टिका लागि काठमाडाँैबाट हेलिकप्टर भाडामा झिकाइएको थियो । मन्दिर परिसरमा आकासबाट विमानले दुई फन्का लगाएर पुष्प वृष्टि गराइएको जलेश्वर नगरवासीले बताएका छन् । यसका लागि स्थानीय मालीबाट दुई क्विन्टल सयपत्री पूmल सहयोगस्वरुप प्राप्त भएको थियो । हेलिकोप्टरको भाडालगायतका लागि करिब रु दुई लाख २५ हजार खर्च भएको छ । यो खर्च नगरपालिकाको कोषबाट नभइ श्रद्धालु शिवभक्तबाट दानस्वरुप जुटेको रकम भएको नगरप्रमुख मिश्रले स्पष्ट पारेका छन् ।

पुष्प वृष्टि हुने सूचना फैलिएपछि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा आज भीड लागेको थियो । पुराणमा पुष्प वृष्टिको कुरा सुनेपनि प्रत्यक्ष भने आजै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए । अति प्राचीन भएर पनि प्रचारले छायाँमा पर्दै आएको श्री जलेश्वरनाथबारे चासो बढाउन पुष्प वृष्टि कार्यक्रमले सहयोग पुग्ने उनीहरूको विश्वास थियो । -रासस

Ads

सम्बन्धित पोष्टहरू