सुनसरी\ सुनसरीको रामधुनी मन्दिर क्षेत्रमा रहेको रामधुनी मुक्तिघाटको जीर्णोद्धार गरिएको छ । सुनसरी खोला किनारमा रहेको घाटलाई जीर्णोद्धार गरी कङ्क्रिटबाट पुनर्निर्माण गरिएको हो ।
रामधुनी नगरपालिकाले दिएको बजेटबाट टिनको छानो भएको तीन वटा शव जलाउने ठाउँलाई नै व्यवस्थित गरी दुई वटा कङ्व्रिmटको शव जलाउने ठाउँ ढलाई गर्न थालिएकोे रामधुनी मुक्तिघाट व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर कार्कीले जानकारी दिए ।
रामधुनी नगरपालिका वडा नबर ४ मा रहेको रामधुनी मुक्तिघाटलाई रामधुनी नगरपालिकाले १० लाख रुपियाँ बजेट दिएपछि जीर्णोद्धारको काम सुरु गरिएको घाट व्यवस्थापन समितिले जनाएको छ ।
रामधुनी मुक्तिघाटमा रामधुनी नगरपालिकाका नौ वटै वडालगायत इटहरी वडा नम्बर–१६ बाट पनि शव ल्याउने गरिएको अध्यक्ष कार्कीले बताए। पाँच दशकदेखि नै शव जलाउँदै आएको घाटमा तीन वर्षअघि टिनको छानो लगाई घाट निर्माण गरिएको थियो । दैनिक तीनदेखि पाँच वटासम्म शव जलाइने उक्त घाटलाई कङ्व्रिmटको छानो लगाएर व्यवस्थित गरिँदै छ ।
प्रतिक्रिया दिनुहोस्