Ads

प्रदर्शनका लागि निस्केका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट पठायो फिर्ता


काठमाडौँ । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ ।

प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाट अगाडि जान राेक लगाएकाे हाे। उनी आफ्ना कार्यकर्तासहित गाैशालामा प्रदर्शन गर्नका लागि भक्तपुरबाट जाँदै थिए। साेही क्रममा उनलाई प्रहरीले अवराेध गरेकाे हाे।

प्रहरीले मनहरा पुलबाटै प्रसाईं समूहलाई अगाडि बढ्न नदिएपछि एकैछिन विवादसमेत भएकाे थियाे।

प्रसाईं समूहले मंसिर ७ गतेदेखि काठमाडौंमा प्रदर्शन गर्न थालेकाे थियाे। साेही दिन नै नेकपा एमाले निकट युवा संघले पनि प्रदर्शन गरेकाे थियाे। दुवै समूहबीचकाे मनमुटावले खतरा निम्ताउन सक्ने भन्दै सरकारले एक महिनाका लागि ‍माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन निषेध गरेकाे थियाे।

सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईं समूहका १५ जनालाई पक्राउ गरेकाे थियाे।

सरकारले प्रसाईंका गतिविधिविरुद्ध कडा कदम चाल्दै आइरहेकाे छ।

 

Ads

सम्बन्धित पोष्टहरू