मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । परिवारमा असमझदारी बढ्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइ लेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति होला ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडि कडाउको सिकार भइनेछ । अनावश्यक दौडधुपमा समय बित्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यवसायिक काममा पनि समस्या आउन सक्छ । आत्मीयजनसँग भेटघाट होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )गरिदै आएको काममा थप जाँगर पलाएर आउने छ, ब्यापार ब्यवसायमा फाइदा नै होला । रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ, सावधान रहनु होला । समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्ने दिन रहेका छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । तपाइको विचारलाई धेरैलाई आकर्षण गर्ने समय छ ।
प्रतिक्रिया दिनुहोस्