खोटाङ\ खोटाङको एक सामुदायिक विद्यालयका दुई वटा कक्षामा एक\एक जना मात्र विद्यार्थी छन् । जिल्लाको रावा बेसी गाउँपालिका–२ खार्पा रुभुङस्थित पञ्चकन्या आधारभूत विद्यालयको कक्षा दुई र चारमा एकरएक जना मात्र विद्यार्थी अध्ययनरत रहेका हुन् ।
कक्षा ५ सम्म पठनपाठन हुने उक्त विद्यालयमा जम्मा १५ जना विद्यार्थीको भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक पुष्प राईले बताए । उनका अनुसार कक्षा एकमा ६ जना, कक्षा दुईमा एक जना, कक्षा तीनमा चार जना, कक्षा चारमा १ जना र कक्षा पाँचमा तीन जना विद्यार्थी भर्ना भएका छन् । कक्षा दुई र कक्षा चारमा भने एक÷एक जना मात्र छन् । उक्त एक जना विद्यार्थी विद्यालय नआउँदा कक्षा खाली हुने गरेको छ ।
अघिल्लो वर्ष कक्षा तीनमा एक जना पनि विद्यार्थी थिएनन् । जसअनुसार कक्षा चारमा यो वर्ष खाली हुने थियो । तर एक जना विद्यार्थी बाहिरबाट आएकाले अहिले चार कक्षामा एक जना विद्यार्थी छन् । उनी नियमित विद्यालय भने आउँदैनन् ।
२०३१ सालमा स्थापना भएको पञ्चकन्या आविमा अहिले दुई जना स्थायी दरबन्दी छ । दरबन्दी अनुसार प्रधानाध्यापक राईसँगै अर्का एक जना स्थायी शिक्षक विद्यालयमा छन् । पालिकाको अनुदान कोटाबाट एक जना शिक्षक र एक जना कार्यालय सहयोगी गरी विद्यालयमा जम्मा चार जना कार्यरत छन् । पाँच कक्षासम्म सञ्चालन हुने उक्त विद्यालयमा हाल १५ जना विद्यार्थी भर्ना भए पनि सबै विद्यार्थी नियमित विद्यालय आउँदैनन् । विद्यालयको भौतिक संरचना, शौचालय गुणस्तरीय छ । तर विद्यार्थीको सङ्ख्या न्यून छ ।
प्रतिक्रिया दिनुहोस्