काठमाडौं । धरानबाट पोखरातर्फ जाँदै गरेको बस आज बिहान तनहुँमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अरु ३४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगरको मृत्यु भएको हो ।
धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ। अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्