Ads

लिफ्ट सिँचाइ आयोजना अलपत्र


धनकुटा\ धनकुटाको सहिदभूमि गाउँपालिका–१, गोपालपुरमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७८, ७९ मा निर्माण सम्पन्न भएको सो योजना केही समय सञ्चालन भएर बन्द भएपछि अलपत्र परेको हो ।

नदी किनारका बासिन्दालाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन धनकुटाले आर्थिक वर्ष २०७८र७९ मा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याएको थियो । जसबाट गोपालपुरका ५८ परिवारको २७ हेक्टर जमिन सिञ्चित भयो तर केही समय चलेर बन्द भएपछि अहिले गोपालपुरवासीलाई सिँचाइ गर्न समस्या भएको छ ।

आयोजनाको प्लास्टिकका पाइप फुट्ने समस्याका कारण बन्द हुँदा कृषक फेरि पुरानै अवस्थामा फर्कन बाध्य भएका हुन् । आयोजना बन्द हुँदा सिँचाइ अभावमा पुनः सयौँ रोपनी जग्गा बाँझो हुन पुगेको छ । पहिले तरकारी बाली उत्पादन गर्ने ठाउँ अहिले पानी अभावका कारणले उजाड बनेका छन् । सिँचाइ आयोजना बन्द भएपछि स्थानीयवासीले जेनतेन मकै, कोदोको मात्रै खेती गर्दै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू