Ads

प्रभु बैंकलाई २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड


काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।

बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका छन्।

प्रभु बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको बैंकिङको सराहना गर्दै सो अवार्ड दिइएको हो।

अवार्ड ग्रहण पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त अवार्डले प्रभु बैंकले दिने सेवा प्रवाह विस्तारमा थप सहयोग पुग्ने बताए। उनले यसलाई नेपालको बैंकिङ क्षेत्रकै सफलताका रुपमा व्याख्या गरे।

यस्तै, अध्यक्ष सिटौलाले यो अवार्डले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताउनु भएका छन्।

‘वर्तमान र्थतन्त्रको पृष्ठभुमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको छ। हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ,’ उनले भने।

पत्रिकाले यो वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई अवार्ड दिएको छ। हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिएको पत्रिकाको वेबसाइटमा उल्लेख छ।

 

Ads

सम्बन्धित पोष्टहरू