काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(बुधबार) बस्ने भएको छ । । अनौपचारिक बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
भ्रातृ संघको विधानमाथि छलफलका लागि बैठक बस्न लागिएको पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई आजको पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्