काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । गएको सोमबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै बिहीबार स्थिर रहेर शुक्रबार घटेको सुनको मूल्यले आज नयाँ इतिहास कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ हजार ८०० रुपैयाँले वृद्धि भएर आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्