काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।
जसपाले आज(बुधबार) एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको जानकारी दिएको हो । गत शुक्रबारबाट ललितपुरमा सुरु भएको जसपाको बैठक विवाद समाधान नहुँदा अहिले सम्म सम्पन्न हुन सकेको छैन ।
यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्